बिहीबार, असार ३२, २०८३

मलेसिया–११ विरुद्ध सुदूरपश्चिमको सानदार जित

दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले मलेसिया–११ विरुद्ध सानदार जित हासिल गरेको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं– दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले मलेसिया–११ विरुद्ध सानदार जित हासिल गरेको छ।

सुनसरीको इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ५० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेट गुमाएर ७.२ ओभरमा पूरा गर्यो।

सुदूरपश्चिमका लागि लोकेश बम र खडक बोहराले अविजित समान १५ रन बनाए। गजेन्द्र बोहरा ११ तथा अरूण ऐरी ६ रन बनाएर आउट भए।
मलेसियाको लागि अनवर रहमान र धीभेन्द्रन मोगनले समान १ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको मलेसिया २२ ओभरमा सबै विकेट गुमाएर ४९ रनमा समेटियो।

मलेसियाको पहिलो ओभरमै विकेट गुमेको थियो। त्यसयता लगातार विकेट गुमाएको मलेसियाले २८ रनमा ८ विकेट गुमाएको थियो। तर, नवौं विकेटको लागि भिरनदिप सिंह र अनवर रहमानले १९ रनको साझेदारी गरेका थिए। अनवर ३ रन बनाएर आउट भएपछि सिंह पनि २२ औं ओभरमा आउट हुन पुगे।

सिंहले ६९ बलमा ३ चौका मदतले २२ रन बनाउनुबाहेक अन्य मलेसियन ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। मलेसियाका तीन खेलाडी खाता नखोली आउट भए।

मलेसियालाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्पिनर शेर मल्लले ५ तथा विनोद लामाले ४ विकेट लिए। मल्लले १० ओभरमा ३ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। लामाले ९ ओभरमा ३ मेडन ओभर गर्दै २१ रन खर्चिए। विक्रम ठगुन्नाले १ विकेट लिए।

प्रतियोगिताअन्तर्गत आइतबार हुने समूह ‘डी’कै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। आइतबारको खेल सुदूरपश्चिमले जितेमा सेमिफाइनलको स्थान सुरक्षित गर्नेछ।

प्रतियोगिताअन्तर्गत समूह ‘ए’, ‘बी’ र ‘सी’ का खेल सम्पन्न भइसकेका छन्। जसबाट त्रिभुवन आर्मी क्लब, प्रदेश–३ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन्।

प्रकाशित: Jan 11, 2020| 16:39 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।