मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुत्केरीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त

सुत्केरीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं- चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका हुन्। आफन्तले अस्पताल प्रशासनलाई सत्यतथ्य बाहिर ल्याउन भन्दै नाराबाजीसमेत गरिरहेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशबहादुर सिंहले अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिइरहेको बताए। मृतकका आफन्तले अस्पतालमा नाराबाजी गरिरहे पनि अस्पताल प्रशासनका तर्फबाट कुनै वास्ता नभएको सिंहले जानकारी दिए।

आफन्तका अनुसार सुनिताले २४ गते राति ११ बजे अस्पतालमै छोरी जन्म दिएकी थिइन्। छोरी स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाहीले उनको ज्यान गएको आरोप लगाउँदै आएका छन्।

मृतककी आफन्त कला राईले सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको बताइन्। भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुडाइदिएको उनले आरोप लगाइन्। आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन्।

मृतकका आफन्तले संघर्ष समिति नै गठन गरी अस्पताल परिसरमा ब्यानर टाँगेर पीडितलाई क्षतिपूर्ति र नवजात शिशुको बाँच्ने आधार सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।

प्रकाशित: Jan 11, 2020| 16:39 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।