मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : एम्बुलेन्स खरिद प्रकरणबारे लेखा समितिको चासाे

सुदूरपश्चिम : एम्बुलेन्स खरिद प्रकरणबारे लेखा समितिको चासाे

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि प्रदेशसभाको लेखा समितिले यसबारे चासो देखाएको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

धनगढी– सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि प्रदेशसभाको लेखा समितिले यसबारे चासो देखाएको छ।

लेखा समितिले मन्त्रालयबाट एम्बुलेन्स खरिदको फाइल मगाएर त्यसको अध्ययन थालेको हो।

समिति संयोजक एवं सांसद् नन्दाकुमारी बमले एम्बुलेन्स खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि सामाजिक विकास मन्त्रालयबाट एम्बुलेन्स खरिद फाइल मगाएर छानबिन गरिरहेको बताइन्।

यसअघि गत बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीसँग एम्बुलेन्स खरिदबारे जानकारी लिएका थिए। सो क्रममा मन्त्री सुवेदीले एम्बुलेन्समा अनियमितता नभएको बताएको स्रोतले जनाएको छ।

मन्त्रालयले गत कात्तिक २० गते सुदूरपश्चिम प्रदेशका १६ स्वास्थ्यसंस्थालाई टाटा एसएफसी ४०७ मिनी ट्रक मोडलको एक–एक एम्बुलेन्स वितरण गरेको थियो। मन्त्रालयले उक्त एम्बुलेन्स खरिदमा ६ करोड ३५ लाख २० हजार रूपैयाँ (प्रति एम्बुलेन्स ३९ लाख रूपैयाँभन्दा बढी) खर्च गरेको छ।

प्रकाशित: Jan 11, 2020| 16:11 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।