बुधबार, असार ३१, २०८३

जाउलाखेललाई हराउँदै मछिन्द्र शीर्षमा

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार जाउलाखेल युथ क्लबलाई १–० ले हराउँदै मछिन्द्र अंकतालिकामा शीर्ष स्थानमा पुगेको हो। मछिन्द्रका लागि खेलको ३१ औं मिनेटमा विशाल राईले गरेको गोल निर्णायक बन्यो।

यससँगै मछिन्द्रको अंकतालिकामा १३ अंक पुगेको छ। यसअघि मछिन्द्र १० अंकसहित तेस्रो स्थानमा थियो।

यसअघि अंकतालिकामा १२ अंकसहित शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी एक स्थान तल झरेको छ। यस्तै, मनाङ मस्र्याङ्दी पनि एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ। मनाङको ११ अंक छ।

थ्री स्टार १० अंकसहित चौथो र जाउलाखेल ९ अंकसहित पाँचौं स्थानमा यथावत छन्।

जारी खेलबाट जाउलाखेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। यसअघि लिगका पाँच खेलसम्म जाउलाखेल अपराजित थियो। उसले लिगका ५ खेलमध्ये २ मा जित र ३ मा बराबरी खेलेको थियो।

प्रकाशित: Jan 11, 2020| 14:07 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।