मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ३ नाम र राजधानी : नेकपा र कांग्रेससहित ६ दलले दर्ता गराए संयुक्त प्रस्ताव

प्रदेश ३ नाम र राजधानी : नेकपा र कांग्रेससहित ६ दलले दर्ता गराए संयुक्त प्रस्ताव

नेपाली कांग्रेसले पनि प्रदेश ३ को नाम बागमती र राजधानीमा हेटौंडामा समर्थन जनाएको छ। नेकपा, कांग्रेससहितका ६ दलले यसमा सहमति जनाउँदै शनिबार संयुक्त प्रस्तावसमेत दर्ता गराएका छन्।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं - नेपाली कांग्रेसले पनि प्रदेश ३ को नाम बागमती र राजधानीमा हेटौंडामा समर्थन जनाएको छ। नेकपा, कांग्रेससहितका ६ दलले यसमा सहमति जनाउँदै शनिबार संयुक्त प्रस्तावसमेत दर्ता गराएका छन्।

प्रस्तावकमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल छन् भने कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङ रहेका छन्। यस्तै समर्थकहरुमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, राप्रपाकी माझी, राप्रपा (संयुक्त) रीना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल, साझा पार्टीकी शोभा शाक्य छन्।

राजधानीको स्थान र नामबारे आज १ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने र आइतबार निर्णयार्थ पेस गरिने सचिवालयले जनाएको छ।

प्रदेश ३ को स्थायी राजधानी र नामका विषयमा सत्तारुढ नेकपाभित्र शुक्रबार सहमति जुटेको थियो। नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नेकपा सचिवालयको निर्देशन बमोजिम शुक्रबार नाम र राजधानीमा सहमति जुटाएको थियो। नेकपा सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा बनाउने र नाम बागमती राख्ने निर्णय गरेपछि पार्टीका प्रदेश सांसदहरु विभाजित भएका थिए। पार्टी केन्द्रले निर्णय गरिसकेकाले प्रदेश सांसदले विरोध गरे पनि त्यसको अर्थ नरहने र केन्द्रकै निर्णयअनुसार प्रक्रिया अघि बढ्ने सहमति सांसदले गरेका थिए।

 

प्रकाशित: Jan 11, 2020| 11:40 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।