सुर्खेत - सल्यानमा शनिबार भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक भेरीगंगा नगरपालिका –१२ का रविन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सल्लीबजारहुँदै चौरजहारीतर्फ जाँदै गरेको ना४ख ८८७० नम्बरको ट्रक बनगाड कुपिण्डे नगरपालिका–४ भाटारेजंगलमा दुर्घटनामा परेको हो। काठमाडौंबाट जिआई पाइप र प्लाईउड लिएर रुकुमपश्चितर्फ जाँदै गरेको ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन। ट्रकमा चालकमात्रै रहेका थिए। दुर्घटनाग्रस्त ट्रक सडकबाट एक सय मिटर तल खोलामा खसेको छ।