आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानले अन्तत: स्वीकार्‍यो - 'मिसाइलकै कारण विमान दुर्घटना'

इरानले अन्तत: स्वीकार्‍यो - 'मिसाइलकै कारण विमान दुर्घटना'

इरानले तेहरान विमानस्थल नजिकै बुधबार भएको युक्रेनी बोइङको ७३७ विमान दुर्घटनाको जिम्मेवारी लिएको छ। उसले जानाजान नभइ भुलबस विमानलाई लक्षित गरी प्रहार गरिएको मिसाइलका कारण विमान दुर्घटना भएको बताएको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

इरान - इरानले तेहरान विमानस्थल नजिकै बुधबार भएको युक्रेनी बोइङको ७३७ विमान दुर्घटनाको जिम्मेवारी लिएको छ। उसले जानाजान नभइ भुलबस विमानलाई लक्षित गरी प्रहार गरिएको मिसाइलका कारण विमान दुर्घटना भएको बताएको छ। सरकारी टेलिभिजनमार्फत इरानी सेनाले एक वक्तव्य जारी गर्दै प्राविधिक कारण नभइ मानवीय कारण उक्त विमान दुर्घटनामा परेको बताएको छ।

National life

पश्चिमा मुलुकहरुले यसअघि नै इरानले प्रहार गरेको मिसाइलका कारण विमान दुर्घटना भएको आरोप लगाउँदै आएपनि इरानले भने त्यसको खण्डन गर्दै आएको थियो। तर, इरानले शनिबार वक्तव्यमार्फत घटना हुनुको कारण आफूहरुले भुलबस प्रहार गरेको मिसाइल रहेको स्वीकारेको छ। उसले यस घटनालाई जानजान नगरेको (अनइन्टेशनल) को संज्ञा दिएको छ। मानवीय गल्तीका कारण नै विमान दुर्घटना भएको भन्दै इरानले यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएको छ।

अमेरिकी विमानहरुले सीमा क्षेत्रमा गस्ती बढाएका र उनीहरुको विमान नै इरानको रणनीतिक केन्द्रको संवेदनशील क्षेत्रतर्फ आएको आशंका भएपछि विमानलाई लक्षित गरी मिसाइल प्रहार गर्दा भुलवस अर्कै विमान पर्न गएको इरानले बताएको छ। अमेरिकाले आक्रमण गर्नसक्ने आशंकाका बीच इरानका वायु सेनामा तनाव रहेको र त्यसक्रममा उक्त दुखद घटना घट्न पुगेको  सेनाले बताएको छ।

तेहरानबाट उडेको केही बेरमै युक्रेनको उक्त विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको निधन भएको थियो। विमानमा इरानका ८२, क्यानडका ६३, युक्रेनका ११, स्वीडेनका १०, अफ्गानीस्तानका ४, जर्मनीका र वेलायतका ३/३ जना सवार थिए।

अमेरिका र बेलायतले यसअघि नै इरानले प्रहार गरेको क्षेप्यास्त्र ठोक्किएपछि विमान दुर्घटना भएको बताउँदै आएका थिए।

Laxmi sunrise bank
kumari

हेर्नुस् विमानमा प्रहार गरिएको मिसाइल। स्रोत : बीबीसी

प्रकाशित: Jan 11, 2020| 10:21 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।