मंगलबार, भदौ २, २०८३

कस्तो रहला त आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले मध्य र पूर्वी पहाडी क्षेत्रका केही स्थानमा बदली बाहेक अन्य स्थानको मौसम शनिबार सफा रहने जनाएको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले मध्य र पूर्वी पहाडी क्षेत्रका केही स्थानमा बदली बाहेक अन्य स्थानको मौसम शनिबार सफा रहने जनाएको छ। हाल देशको तराई भूभाग मा कुहिरो/हुस्सु लागेको छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

तराईका अधिकांश स्थानमा लागेको हुस्सु/कुहिरो अपरान्ह पछि बिस्तारै खुल्दै जाने र मौसममा सुधार हुने महाशाखाको अनुमान छ। कुहिरो लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

महाशाखाले सोमबारसम्मै देशभर मौसम सफा रहने बताएको छ। केही दिन पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव रहेको भएपनि शुक्रबारदेखि यो प्रणाली कमजोर बनेकाले आगामी केही दिन मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 11, 2020| 09:09 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।