मंगलबार, चैत १०, २०८२

इपीएलमा आज सात खेल

इङ्लिश प्रिमियर लिग(इपीएल) मा आज सात खेल हुँदै छन्।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं – इङ्लिश प्रिमियर लिग(इपीएल) मा आज सात खेल हुँदै छन्।

National life

आज साँझ सवा ६ बजे हुने पहिलो खेलमा नवौं स्थानका क्रिस्टल प्यालेसले दसौं स्थानको आर्सनलविरुद्ध खेल्दै छ। क्रिस्टलको २८ अंक रहेको छ भने आर्सनलको २७ अंक रहको छ। पछिल्लो समय आर्सनल खराब फर्मबाट गुज्रिरहेको छ। आर्सनलले लिगमा खेलेका पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन।

यस्तै पौने ९ बजेदेखि पाँच खेल सुरु हुने छन्। जसमा चेल्सिविरुद्ध वर्नले, एभर्टनविरुद्ध विग्रटन एण्ड होभ एल्विअन, लेस्टर सिटीविरुद्ध साउथएम्पटन, म्यान्चेस्टर युनाइटेडविरुद्ध नर्विच सिटी र उल्भरएम्पटन वन्डरर्सविरुद्ध न्यूक्यासल युनाइटेड भिड्ने छन्।

आज हुने अन्तिम खेलमा लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले सातौं स्थानको टोटनह्याम हट्सपरसँग खेल्नेछ। खेल सवा ११ बजेदेखि टोटनह्यामको घरेलु मैदानमा सुरु हुने छ। लिगमा एकमात्र अपराजित रहेको उपाधि दाबेदार लिभरपुललाई पराजित गर्न टोटनह्यामलाई फलामकै चिउरा चपाउनु जत्तिकै गाह्रो छ।

लिगको अंकतालिकामा लिभरपुल ५८ अंकसहित शिर्ष स्थानमा रहेको छ। उसको दोस्रो स्थानका रहेको लेस्टर सिटी भन्दा १३ अंक बढी रहेको छ। दोस्रो स्थानमा रहेको लेस्टरको ४५ अंक छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ४४ अंक रहेको छ।

प्रकाशित: Jan 11, 2020| 08:42 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।