आइतबार, चैत १, २०८२

बसमा आगलागी हुँदा २० जनाको मृत्यु

उत्तर प्रदेश को कन्नौजमा शुक्रबार राति भएको सडक दुर्घटना पछि बसमा आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

National life
Laxmi sunrise bank
kumari

भारत - उत्तर प्रदेश को कन्नौजमा शुक्रबार राति भएको सडक दुर्घटना पछि बसमा आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। जीटी रोडमा उक्त बस एक ट्रकसँग ठोक्किन पुगेको थियो। त्यसलगत्तै उक्त बसमा आगलागी भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। बस कन्नौजको गुरसहायगंजबाट जयपुर गइरहेको थियो। बससँगै ट्रकमा पनि आगो लागेको थियो।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दु:ख व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै मुख्यमन्त्री आदित्यनाथले घाइतेलाई ५० हजार र मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्।

बसमा करिब ४३ यात्री रहेको प्रहरी अनुमान छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Jan 11, 2020| 08:00 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।