बुधबार, असार ३१, २०८३

'ए डिभिजन' लिगको छैटौं चरण आजदेखि, मनाङ र मछिन्द्रलाई तनाव

सहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबार(आज) देखि सुरु हुँदै छन्। छैटौं चरणका सबै खेलहरु दशरथ रंगशालामा नै हुने एन्फाले जनाएको छ।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

काठमाडौं - सहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबार(आज) देखि सुरु हुँदै छन्। छैटौं चरणका सबै खेलहरु दशरथ रंगशालामा नै हुने एन्फाले जनाएको छ।

छैटौं चरणको पहिलो दिन शनिबार दुई खेल हुँदै छन्। १२ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र भिड्दै छन् भने ३ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा भिड्दै छन्।

जावालाखेल र मछिन्द्र दुबै टोली लिगमा अपराजित रहेका छन्। उनीहरु यस लयलाई कायमै राख्ने लक्ष्यसाथ मैदान उत्रिने योजनामा रहेका छन्। त्यस्तै मनाङ पनि लिगमा अपराजित रहेको टोली हो। आजको खेलमा हालसम्म जित हात पार्न नसकेको शेर्पालाई हराउँदै मनाङ शिर्ष स्थानमा कब्जा जमाउन रणनीतिमा रहने छ। तर, शेर्पाविरुद्धको जित मनाङलाई त्यति सहज भने हुने छैन। मनाङका तीन मुख्य खेलाडी एन्फाको अनुशासन कारबाहीमा परेका छन्। जगजीत श्रेष्ठ र अशोक बराल दुबैले शनिबार हुने खेलसहित पाँच खेल गुमाउँदा रञ्जन विष्टले पनि २ खेल गुमाउने छन्। अशोकले भने अघिल्लो खेलमा रातो कार्डसमेत पाएकाले ६ खेल गुमाउने छन्। त्यस्तै कठिनाइ मछिन्द्रलाई पनि हुने निश्चित छ। उसका पनि तीन खेलाडी कारबाहीमा परेका छन्।

मछिन्द्र क्लब र मनाङ क्लबबीचको खेलका दौरान भएको घटनामा दोषी ठहर गर्दै एन्फाले ६ खेलाडी र एक मनाङका पदाधिकारीलाई कारबाही गरेको थियो। जसमा मनाङ र मछिन्द्रका तीन/तीन खेलाडी रहेका छन्।

एन्फाले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा १० हजार जरिवाना र मनाङका अर्का खेलाडी राजन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाएको थियो। अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले भने ६ खेल गुमाउनेछन्। यता, मछिन्द्रका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई पनि दुई/दुई खेलको प्रतिबन्ध लगाइएको छ।

पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शिर्ष स्थानमा छ। मनाङ र मछिन्द्र क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: Jan 11, 2020| 07:42 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।