शनिबार, असोज ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ का राज्यमन्त्री मण्डलको आरोप, ‘मन्त्री विलासी भए’

प्रदेश २ का राज्यमन्त्री मण्डलको आरोप, ‘मन्त्री विलासी भए’

प्रदेश २ लाई समृद्ध बनाउन हरेक निकाय गम्भीर हुनुपर्ने आवाज उठिरहेको बेला सोही प्रदेशका एक राज्यमन्त्रीले सरकारका मन्त्रीहरु नयाँ गाडी खरिद गर्न चाजोपाजो मिलाइरहेको खुलासा गरेका छन्।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

जनकपुरधाम- प्रदेश २ लाई समृद्ध बनाउन हरेक निकाय गम्भीर हुनुपर्ने आवाज उठिरहेको बेला सोही प्रदेशका एक राज्यमन्त्रीले सरकारका मन्त्रीहरु नयाँ गाडी खरिद गर्न चाजोपाजो मिलाइरहेको खुलासा गरेका छन्।

प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सरकारका मन्त्रीहरु नयाँ गाडी खरिद गर्न लागेको खुलासा गरेका हुन्।

राज्यमन्त्री मण्डलले जनताको हकहितका लागि सिन्कोसमेत भाच्न नसकेका मन्त्रीहरु विलासिताका लागि नयाँ गाडी खरिद गर्न लागेको बताएका छन्। मण्डलले आफ्नो फेसबुक पेजमार्फत यस्तो खुलासा गरेका हुन्।

शुक्रबार उनले लेखेका छन्, ‘एख वर्षअघि किनेको गाडी पुरानो भएको छैन। गाडीको अवस्था पनि ठीकै छ। प्रदेशको कामकाज गर्न काफी छ। बक्यौता रकम तिर्न बाँकी छ। तर नयाँ गाडी किन्ने तयारी भइरहेको छ।’

राज्यमन्त्री मण्डलले कतिपय मन्त्रीहरु गाडीको मोडल हेर्न ब्रोसर पल्टाउँदै दिन बिताइरहेको टिप्पणी गरेका छन्।

मण्डलले दोस्रो चौमासिक बित्न केही दिनमात्र बाँकी रहँदासमेत हालसम्म नयाँ योजना र कार्यक्रम बन्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै गत आर्थिक वर्षको उपभोक्ताहरुको समस्या समाधान हुन नसक्नु दुःखद रहेको उल्लेख गरेका छन्।

राज्यमन्त्रीलाई छल गरेर जनताको पैसा फजुल खर्च गरिएको उनले बताएका छन्।

राज्यमन्त्री मडलले आफ्नो फेसबुक पेजमा राखेको धारणा १७ मिनेटपछि हटाएका थिए। मण्डल राजपाबाट मन्त्री बनेका हुन्।

 

प्रकाशित: Jan 10, 2020| 20:22 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।