बिहीबार, असार ३२, २०८३

छैटौं राष्ट्रिय घोडचढी सम्पन्न

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेष्टेरियन च्यापियनसिप) टँुडिखेलमा शुक्रबार सम्पन्न भएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं – छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेष्टेरियन च्यापियनसिप) टँुडिखेलमा शुक्रबार सम्पन्न भएको छ।

तीन विधामा सम्पन्न प्रतियोगितामा टेन पेकिङ, शोजम्प र हाइजम्प रहेका थिए। जसमध्ये हाइजम्प तर्फ खिलध्वज खड्का (गणेश), रामबहादुर दाहाल (सम्मोहन) र सविन कुमार पाखेरेल (आकांक्षा) क्रमश: पहिलो, दोस्रो र तेस्रो भए। त्यसैगरी शोजम्प तर्फ योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश: पहिलो, दोस्रो र तेस्रो भए।

प्रदर्शन खेल अन्तरगत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो। यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए।

प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो। सबै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरियो।

कार्यक्रमको प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका थिए।

प्रकाशित: Jan 10, 2020| 18:46 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।