शनिबार, असोज ३१, २०८३

बाँस्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी तोकेकी छिन्।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी तोकेकी छिन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।

बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ भने ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय थपिएको छ। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मन्त्री पद छोडेपछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै‌ आएका थिए।

प्रकाशित: Jan 10, 2020| 18:29 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।