बिहीबार, असार ३२, २०८३

नेपालका प्रिन्स दुई विधाको फाइनलमा

नेपालका प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल ब्याडमिन्टनको दुई विधामा फाइनल प्रवेश गरेका छन्। दाहाल पुरुष एकल र जोडी दुबै तर्फ फाइनल प्रवेश गरेका हुन्।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं - नेपालका प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल ब्याडमिन्टनको दुई विधामा फाइनल प्रवेश गरेका छन्। दाहाल पुरुष एकल र जोडी दुबै तर्फ फाइनल प्रवेश गरेका हुन्।

प्रतियोगितामा दोस्रो वरियता प्राप्त तथा विश्व जुनियर वरियतामा १४ औं स्थानमा रहेका दाहालले सेमिफाइनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाल्दै उपाधि नजिक पुगेका हुन्। अव प्रिन्सले उपाधिका लागि प्रतियोगिताको पहिलो वरियता तथा विश्व जुनियर वरियतामा तेस्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसंग प्रतिस्पर्धा गर्ने छन्। लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अबेविक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए।

दाहाल पुरुष युगलमा पनि फाइनल प्रवेश गर्न सफल भएका छन्। पेम्बा शेर्पासंग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जेबी साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरे। अर्को प्रतिस्पर्धामा भारतका आर बिकास प्रभु र अरुण कार्थिकको जोडीले श्रीलङ्काका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै फाइनल प्रवेश गरे।

महिला जोडी तर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे। बिष्ट र खत्रीको जोडीले फाइनलमा भारतका नन्दा के र सानिया सिकन्दरको जोडीसंग प्रतिस्पर्धा गर्ने छन्। भारतीय जोडीले नेपालका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाइनलमा मलेसियाकी करुपथेभन लेत्शानासंगको भेट पक्का गरिन्। लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ले पराजित गरिन्।

मिश्रित जोडीतर्फ पनि मिर आयन रशिदसंग मिलेर फाइनल प्रवेश गर्न सफल भइन्। उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे। अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा के.एस. र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै मिर र रशिदको जोडीसंगको भेट पक्का गरे।

प्रतियोगिताको फाइनल शनिबार दिउँसो १ बजे हुने छ।

प्रकाशित: Jan 10, 2020| 17:48 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।