काठमाडौं- ललितपुरको एउटा कार्यालयका लेखा अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन्।
पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनी २२ हजार घुससहित शुक्रबार पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत पुडासैनीलाई ठेकेदारसँग ‘मोबिलाईजेशन’ खर्च लिँदालिँदै पक्राउ गरेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।