बुधबार, असार ३१, २०८३

सन्दीपलाई दुई विकेट, म्याक्सवेलको बिस्फोटक ब्याटिङ

विग बास लिगमा मेलवर्न स्टार्सबाट खेलिरहेका नेपालका लेग स्पिनर सन्दिप लामिछानेले शुक्रबारको खेलमा महत्वपूर्ण दुई विकेट लिएका छन्। उनले मेलवर्न रेनगेड्सविरुद्धको खेलमा चार ओभरमा ३९ रन खर्चिदै दुई विकेट लिएका हुन्।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं - विग बास लिगमा मेलवर्न स्टार्सबाट खेलिरहेका नेपालका लेग स्पिनर सन्दिप लामिछानेले शुक्रबारको खेलमा महत्वपूर्ण दुई विकेट लिएका छन्। उनले मेलवर्न रेनगेड्सविरुद्धको खेलमा चार ओभरमा ३९ रन खर्चिदै दुई विकेट लिएका हुन्।

सन्दीपको बलिङ अलि महङ्गो भएपनि उनले रेनगेड्सका लागि खतरनाक ब्याटिङ गरिरहेका ओपनिङ ब्याट्सम्यान सन मार्शलाई आउट गरे। मार्श ६३ रन बनाउँदै सन्दीपको बलमा कट एण्ड बोल्ड भए। सन्दीपले त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वियू वेब्स्टरलाई २५ रनमा पवेलिएन फर्काए। सन्दीपले उनलाई विकेट पछाडि क्याच आउट गराए। सन्दीपले १३ ‌ओभर ३ बलमा मार्शको विकेट लिएका थिए भने १६ दशमलव १ ‌ओभरमा वेब्स्टरको विकेट लिएका थिए। सन्दीपले नवौं, १२ औं, १४ औं र १७ औं ओभर बलिङ गरेका थिए।

यसैबीच कप्तान ग्लेन म्याक्सवेलको उत्कृष्ट प्रदर्शनमा सन्दीपको टोली मेलवर्न स्टार्सले ७ विकेटको जित निकालेको छ। रेनगेड्सले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्टार्सले म्याक्सवेलको अविजित ८३ रनको सहायतामा प्रतियोगितामा खेलेका ८ खेलमा सातौं जित निकालेको हो। म्याक्सवेलले ४५ बलमा १ चौका र ७ छक्काको मद्दतमा ८३ रन जोडे। यस्तै हिल्टन कार्टराइटले ३५ तथा निक लार्किन ३३ रनमा अविजित रहे। सन्दीपको टोली मेलवर्न स्टार्स ८ खेलमा १४ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ।

प्रकाशित: Jan 10, 2020| 17:13 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।