बुधबार, असार ३१, २०८३

प्रदेश २ लाई हराउँदै पुलिस मनमोहन कपको सेमिफाइनल प्रवेश

विभागीय टोली नेपाल पुलिस क्लब मनमोहन स्मृति कप एकदिवसीय क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लब मनमोहन स्मृति कप एकदिवसीय क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।

सुनसरीको इनरुवामा जारी खेलमा शुक्रबार भएको समूहको अन्तिम खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४८ ओभर एक बलमा १ सय ८३ रनमा अलआउट भयो।

पुलिसका लागि दिपेन्द्र सिंह एरीले अर्धसतक पुरा गरे। उनले ६४ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पुरा गरेका हुन्।

त्यस्तै अमित श्रेष्ठले ३७ रनको योगदान गरे भने अनिल साहले १९ रन जोडे।

प्रदेश २ का लागि कुमार थापाले सर्वाधिक ५ विकेट लिए। त्यस्तै प्रताप सिंह र विवेक यादवले २–२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको प्रदेश २ जम्मा ४२.२ ओभरमा अलआउट भयो। उसका लागि विशाल शुस्लिङले अर्धसतक प्रहार गरे।

उनले ५ छक्का र ८ चौकाको मद्दतमा ८० रन जोडे। त्यस्तै हरिशंकर शाहले १८ तथा हसिम अन्सारीले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

प्रदेश २ लाई सस्तैमा समेट्न ललित भण्डारी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए भने पवन शरार्फले २ विकेट लिए। त्यस्तै ललित राजवंशी र सागर ढकालले १–१ विकेट लिए।

प्रकाशित: Jan 10, 2020| 16:52 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।