शनिबार, असोज ३१, २०८३

प्रहरीका सई र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक जना नायव निरीक्षक र शिक्षिकका विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक जना नायव निरीक्षक र शिक्षिकका विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुसामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र श्री जन जौ कुमारी शाही प्राथमिक बिद्यालय तनहुँमा कार्यरत शिक्षिका अनिता पोखरेल वाग्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पंजियारलाई सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिएबापत सेवाग्राहीबाट लिएको १५ हजार घुससहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।

यस्तै शिक्षिका वाग्लेले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट उच्च माध्यामिक परीक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको अख्तियारले जनाएको छ।

२०५६ मंरि १० गते गतेदेखि प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिई २०७५ चैत्र ८ गते सम्म कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको भन्दै अख्तियारले शुक्रबा र मुद्दा दायर गरेको हो।

प्रकाशित: Jan 10, 2020| 16:21 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।