मंगलबार, भदौ २, २०८३

ट्याक्टरको ठक्करबाट ३ को मृत्यु

रौतहटका तीन छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट तीन जनाको ज्यान गएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– रौतहटका तीन छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट तीन जनाको ज्यान गएको छ।

गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोकमा बिहीबार राति ना५त ९२६७ नम्बरको ट्याक्टरले ना४८प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका माधवनारायण नगरपालिका–६, माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षीय सुशील ठाकुरको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। ठक्कर दिने टयाक्टर चालक सन्तोष साह प्रहरी नियन्त्रणमा छन्।

बिहीबार राति नै वृन्दावन नगरपालिका–७ धमौरास्थित गौर–चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहातर्फ गइरहेको ना७च ६१६९ नम्बरको ट्याक्टरको ठक्करबाट देवाही गोनाही नगरपालिका–४ का वर्ष ३५ की मिरादेवीको ज्यान गएको छ।

ठक्करबाट गम्भीर भएकी पैदलयात्रु मिरादेवीको उपचारको क्रममा सिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्कर दिने टयाक्टर चालक बाराको पचरौता नगरपालिका–४ का २८ वर्षीय गुडु यादवलाई इलाका प्रहरी कार्यालय, गरुडाले नियन्त्रणमा लिएको छ।

यस्तै, कटहरिया नगरपालिका–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्ड्रस्ट्रिजमा उखु लिएर गएको ना१त ४१४० नम्बरको ट्याक्टरले किचेर अन्दाजी ३५ वर्षीय एक जनाको ज्यान गएको छ। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2020| 12:56 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।