मंगलबार, भदौ २, २०८३

विदेशबाट पार्सल पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ

विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्स एप, भाइवर, आइएमओ र ट्विटरमार्फत झुटो प्रलोभनमा पारेर ठगी गर्ने नाइजेरिया र आइबेरिकोस्टका नागरिकसँगै पाँच जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेमा ४० वर्षीय नाइजेरियान नागरिक क्रिलचिनिस्सो इबिच, २३ वर्षीय आइबेरिकोष्टका नागरिक आस्पीएड्जी प्रिजान, चितवन गुञ्जनगर–६ का ४० वर्षीय रामचन्द्र गैरे, काठमाडौं ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालिकानगर–७ का हरि ओझा रहेका छन्।

ठगीको मुख्य योजनाकार विदेशी रहेको र उनीहरूले नेपालीको प्रयोग गरेर ठगी गर्दै आएको खुलेको छ। उनीहरूलाई काठमाडौंका बिभिन्न स्थानबाट पक्राउ गरिएको सिआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले विभिन्न सामाजिक सञ्जालमार्फत विदेशी नागरिकको नाममा साथी बनाउँदै बहुमूल्य सामान, बेलायती पाउण्ड र अमेरिकी डलर भएको पार्सल पठाईदिन्छु भनी ठगी गरेको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

पक्राउ परेका व्यक्तिले सामाजिक सञ्जालमा जोडिएका व्यक्तिलाई ईमेलमार्फत विभिन्न बहुमूल्य गरगहना, सामान र डलर सहितको फोटो पठाएर पार्सल बोकेको मान्छे नेपाल आएको र नेपालको एयरपोर्टमा पार्सलभित्र रहेको डलर छुटाउन पैसा चाहिएको भन्दै विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा लगाएर ठगी गर्ने गरेको खुलेको सीआइबीले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीले ठगीमा परेका व्यक्तिलाई सम्पर्कका आउनसमेत अनुरोध गरेको छ।

प्रकाशित: Jan 10, 2020| 12:45 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।