मंगलबार, भदौ २, २०८३

बाँदर लखेट्न घरबाट निस्केका घर्ती फर्केनन्

बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

बागलुङ– बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन् ।

उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताए ।

रासस

प्रकाशित: Jan 10, 2020| 12:43 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।