काठमाडौं- प्रतिनिधिसभाको बैठक सुचारु गर्न उपसभामुख डा शिवमाया तुम्बाहाम्फेङ सक्रिय भएकी छिन्।
सभामुखको उम्मेदवार चयन हुन नसक्दा पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सुचारु गर्न नेकपाका अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छिन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार उपभासमुख तम्बाहाम्फेङले आज (शुक्रबार) प्रधानमन्त्री ओली र प्रचण्डलाई बालुवाटारमा भेटेर संसद बैठक सुचारु गर्न आग्रह गरेकी छिन्।
उनले छलफलमा आफ्नै कारण संसद् बन्धक भएको भए राजीनामा दिन तयार रहेको बताएकी थिइन् ।
उपसभामुख तम्बहाम्फेङको सचिवालयका अनुसार आज साँझसम्म सभामुखको उम्मेदवार नेकपाले चयन गरेको खण्डमा तुम्बहाम्फेङले आजै राजीनामा बुझाउने छिन्।
ओली र प्रचण्डसँगको छलफलमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै तुम्बहाम्फेङले राजीनामाको विषय बारे पनि जानकारी गराएकी छिन्।
सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा पटक पटक सर्दै आएका प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ।