मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा सदस्य निर्वाचनः अन्तिम नामावली प्रकाशन आज

राष्ट्रियसभा सदस्य निर्वाचनः अन्तिम नामावली प्रकाशन आज

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि आजै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

आयोगको पूर्वनिर्धारित तालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो (बिहीबार) अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको थियो ।

तर कसैले पनि नाम फिर्ता नलिएको आयोगले जनाएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३ बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँन लागेको हो ।

संविधान निर्माणपछि बनेको पहिलो राष्ट्रिय सभाको कार्यकाल भने गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष निर्धारण गरिएको छ । स्थायी सदनका रूपमा परिकल्पना गरिएको राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ ।

 

 

प्रकाशित: Jan 10, 2020| 11:51 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।