मंगलबार, भदौ २, २०८३

'चराको स्वर्ग'मा आजबाट चरा गणना

चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

इनरुवा- चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरु भएको हो । आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा गणना शुरु भएको कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

चरा गणनाका लागि माइनोकुलर, स्पोट्रिङग स्कोप, डेटा सिट, कम्पास, जिपीएसलगायतका उपकरण प्रयोग गर्ने आरक्षका संरक्षण अधिकृत चौधरीले बताए ।

आरक्षमा चरा गणना गर्न सातदेखि १० दिनसम्म लाग्ने उनले बताए । आरक्षमा तीन वटा क्षेत्र निर्धारण गरेर चरा गणना गर्न शुरु गरेको संरक्षण अधिकृत चौधरीले बताए ।

आरक्षमा घाँसे मैदान, सिमसार क्षेत्र र नदी तटीय क्षेत्रमा पाइने चराको गणना गरिने कार्यक्रम रहेको उनले बताए ।

आरक्षमा पहिलो चरणमा घाँसे मैदानमा देखिने चराको गणना गरिने, दोस्रो चरणमा सिमसार क्षेत्रमा पाइने र तेस्रो चरणमा नदी तटीय क्षेत्रमा पाइने चराको गणना गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो ।

चरा गणनाका लागि सात जनाको टोली परिचालित भएको छ । आरक्षमा प्रत्येक वर्ष हिउँदे चरा गणना गर्ने गरेको चौधरीको भनाइ छ । आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिका चरा रहेका छन् ।

प्रकाशित: Jan 10, 2020| 11:13 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।