मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाेला दाेहनकाे विरोध गरेपछि टिपरले किचेर युवकको हत्या

खाेला दाेहनकाे विरोध गरेपछि टिपरले किचेर युवकको हत्या

अबैध रुपमा हुने गरेको गिट्टी बालुवा उत्खनन्को विरोध गर्दै आएका युवाको टिपरले किचेर हत्या गरिएको छ ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

जनकपुरधाम- अबैध रुपमा हुने गरेको गिट्टी बालुवा उत्खनन्को विरोध गर्दै आएका युवाको टिपरले किचेर हत्या गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका–५ नक्टाझिझ बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको शव टिपरले किचेको अवस्थामा शुक्रबार बिहान ४ बजे भेटिएको छ । दिलिपको शव घरभन्दा करिब पाँच सय मिटरको दुरीमा रहेको खोला छेउमा फेला परेको प्रहरीले जनाएको छ।

भारतको भोपालमा इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययनतर दिलिप १० दिनअघि घर आएका थिए । उनी नेपाल आएदेखि नै अबैध रुपमा हुने गरेको गिट्टी बालुवा उत्खनन्को विरोध गर्दै आएका थिए ।

दिलिपको दुर्घटनामा मृत्यु भएको वा हत्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । मृतकका आफन्तले हत्या नै भएको दाबी गरेका छन् ।

महतोका परिवारजनले दिलिपको हत्या भएपनि प्रहरीले दुर्घटनाको रुप दिन खोजेको आरोप लगाएको छ । दिलिपका दाइ उपेन्द्र महतोले राति भाइको हत्या भएको दाबी गरेका छन् ।

बिहीबार राति १० बजेसम्म घरमै रहेका दिलिप कसैको फोन आएपछि बाहिर निस्किएको उपेन्द्रले बताए । रातिको समयमा खोला छेउमा कसरी दुर्घटना भयो भन्दै उनले प्रश्न गरेका छन् ।

खोलाबाट अवैध रुपमा भइरहेको उत्खनन्को दिलिपले विरोध गरेको र त्यसै कारण उनको हत्या भएको हुनसक्ने दाइ उपेन्द्रले भनाइ छ । शुक्रबार बिहान शव बरामद भएपछि प्रहरीले घटनास्थलको मुचुलकानै नबनाइ शव उठाएर पोस्टमार्टमको लागि लगेको उनको भनाइ छ ।

दिलिपको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्गको नक्टाझिझमा सडक अवरुद्ध गरेर प्रदर्शनसमेत गरेका छन् ।

 

प्रकाशित: Jan 10, 2020| 10:33 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।