बुधबार, असार ३१, २०८३

स्पेनिस सुपरकप : बार्सिलोनालाई हराउँदै एट्लेटिको फाइनलमा

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा पुगेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा पुगेको छ।

बिहीबार राति सम्पन्न सेमिफाइनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो।

खेल सकिन ४ मिनेट बाँकी रहँदा एन्जिल कोरियाले गोल गरेपछि एट्लेटिकोले बार्सिलोनामाथि जित निकाल्न सफल भयो। त्यसअघि एट्लेटिकोका लागि खेलको ४६ औं मिनेटमा कोकी क्लिनिक र ८१ औं मिनेटमा अल्भरो मोराटाले गोल गरे।

बार्सिलोनाका तर्फबाट भने खेलको ५१ औं मिनेटमा लियोनल मेस्सी र ६२ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए।

एट्लेटिकोले अब उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। रियलले भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाइनल पुगिसकेको छ।

प्रकाशित: Jan 10, 2020| 10:12 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।