मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

चितवनमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गको भण्डरा हर्दीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

चितवन– पूर्व–पश्चिम राजमार्गको भण्डरा हर्दीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार ना७ख ४६६० नम्बरको ट्यांकरको ठक्करबाट प्रदेश–३–०२–००५ नम्बरको मोटरसाइकल चालक गोरखा, भिमसेन गाउँपालिका–४ का ३५ वर्षीय इन्द्र तामाङ र मोटरसाइकलमा सवार सोही स्थानका २४ वर्षीय सुगम तामाङको ज्यान गएको हो।

टाँडीबाट लोथरतर्फ जाँदै गरेको ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2020| 09:52 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।