मंगलबार, भदौ २, २०८३

२०२० कै पहिलो चन्द्रग्रहण आज, ४ घण्टा ८ मिनेट रहने

सन् २०२० कै पहिलो चन्द्रग्रहण आज (शुक्रबार) लाग्दैछ । चार घण्टा आठ मिनेट लामो चन्द्र ग्रहण ...
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमडौं- सन् २०२० काे पहिलो चन्द्रग्रहण आज (शुक्रबार) लाग्दैछ ।

चार घण्टा आठ मिनेट लामो चन्द्रग्रहण राति १० बजेर ५२ मिनेटमा सुरु हुनेछ भने बिहान ३ बजेसम्म रहनेछ ।

यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ । ग्रहणको अधिकतम अवस्थामा चन्द्रमालाई एउटा गहिरो छायाले ढाकेको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन्। पृथ्वी सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्र ग्रहण लाग्छ ।

सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ । यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ ।

ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिनु पर्ने ज्योतिषले बताएका छन् ।

यस्तो छ चन्द्र ग्रहणको असर र फल

शुभ फल– कुम्भ, तुला, मीन, कर्कट

मध्यम फल– मेष, कन्या, मिथुन, सिंह

अशुभ फल– मकर, वृश्चिक, वृष, धनु

प्रकाशित: Jan 10, 2020| 08:41 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।