मंगलबार, भदौ २, २०८३

दुई सातामा १७ सय छाउगोठ भत्काइए : गृह

गृह मन्त्रालयले दुई सातामा कर्णाली र सुदूरपश्चिम प्रदेशका १७ सय छाउगोठ भत्काएको जनाएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– गृह मन्त्रालयले दुई सातामा कर्णाली र सुदूरपश्चिम प्रदेशका १७ सय छाउगोठ भत्काएको जनाएको छ।

छाउपडी प्रथाका कारण महिलाले ज्यान गुमाउनु परेको भन्दै मन्त्रालयले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा छाउगोठ भत्काउने अभियान थालेको हो ।

मन्त्रालयले छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई परिचालन गरेको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा छाउगोठ भत्काउने र दोस्रो चरणमा स्थानीयलाई जनचेतना प्रवाह गरिनेछ।

छाउपडी प्रथाका कारण महिलाले ज्यान गुमाएपछि यस्तो अभियान थालिएको मन्त्रालयले जनाएकाे छ। 

गृहको अभियान विथोल्ने र छाउप्रथालाई प्रोत्साहन गर्नेमाथि फौजदारी अपराध संहिताअनुसार कारबाही हुने उनको भनाइ छ।

छाउगोठमै सर्पको टोकाइ, चिसोजस्ता कारणले महिलाले ज्यान गुमाउने गरेका छन्।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा महिनावारी भएका महिला घरदेखि अलग्गै बस्ने प्रचलन छ, यसैलाई छाउपडी प्रथा भनिन्छ।

प्रकाशित: Jan 10, 2020| 08:23 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।