आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानले गल्तीले युक्रेनको विमान खसालेको होः अमेरिकी मिडिया

इरानले गल्तीले युक्रेनको विमान खसालेको होः अमेरिकी मिडिया

अमेरिकी मिडियाले इरानले गल्तीबस युक्रेनको एक यात्री बाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरेर खसालेको आरोप लगाएका छन्।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

अमेरिकी मिडियाले इरानले गल्तीबस युक्रेनको एक यात्री बाहक विमानलाई क्षेप्यास्त्र प्रहार गरेर खसालेको आरोप लगाएका छन्।

National life

बुधबार तेहरानबाट उडेको केही बेरमै युक्रेनको एक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १७६ जनाको निधन भएको थियो।

तर, अमेरिकी समाचार च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीहरुले युक्रेन एयरलाइन्सको बोइङ ७३७ विमानमा इरानले प्रहार गरेको क्षेप्यास्त्र ठोक्किएपछि दुर्घटना भएको बताएका छन्।

यद्यपि, इरानले यो अरोपलाई रद्द गरेको छ।

युक्रेनले यसअघि उसको विमान क्षेप्यास्त्र प्रहारबाट खसेको हो होइन भन्ने जाँच गरिरहेको बताएको थियो। तर, लगत्तै इरानले यस्तो आशंकालाई खारेज गरेको थियो।

Laxmi sunrise bank
kumari

इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरे लगत्तै युक्रेनको यो विमान दुर्घटनाग्रस्त भएको थियो।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर विभागलाई उद्धृत गर्दै स्याटालाइटमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको ‘इन्फ्रारेड ब्ल्प्सि’ देखिएको र लगत्तै विष्फोटको एउटा ‘ब्लिप’ देखिएको उल्लेख गरेको छ।

यसैबीच न्यूजवीक म्याग्जिनले अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी गुप्तचर विभाग र इराकी गुप्तचर विभागका अधिकारीलाई उद्धृत गर्दै युक्रेनको विमान रुसमा निर्मित टोर मिसाइलसँग ठोक्किएको उल्लेख गरेको छ।

बुधबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका थिए, “मलाई विमानका सन्दर्भमा केही शंका छ। कसैले गल्तीले खसाएको हुनसक्छ।”

तर इरानले यो आरोपलाई खारेज गर्दै यो बेकारको हल्ला मात्रै भएको बताएको थियो।

इरानको सरकारी अंग्रेजी टेलिभिजन च्यानल प्रेस टिभीले इरान नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै गरेको एउटा ट्विटमा भनेको छ, ‘युक्रेनको यात्री विमानमा क्षेप्यास्त्र लागेको कुरा कुतर्क मात्रै हो।”

इरानी अनुसन्धानकर्ताहरुका अनुसार उक्त विमान उडेलगत्तै विमानस्थलतर्फ फर्कने प्रयास गरेको थियो।

प्रारम्भिक छानबिनमा उक्त विमान उडेलगत्तै केही समस्या आएको र आगो लगाएको बताइएको थियो।

तर, इरानले विमानको ब्ल्याकबक्स निर्माता कम्पनी बोइङ वा अमेरिकालाई नदिने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय उड्डयन नियमानुसार इरानले छानबिनको नेतृत्व गर्न पाउँछ। तर, प्रायः विमान निर्माता कम्पनीलाई अनुसन्धानमा संलग्न गराइन्छ।

अमेरिकामा निर्मित बोइङ विमान दुर्घटनामा पर्दा प्रायस: 'यूएस न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्ड' छानबिनमा संलग्न हुन्छ। तर त्यसका लागि सम्बन्धित देशबाट अनुमति लिनुपर्छ र त्यो देशको कानुन पालन गर्नुपर्छ।

तर इरानका अधिकारीहरूले विमान निर्माता र अमेरिकालाई उक्त विमानको ब्ल्याकबक्स नदिने बताएका छन्।

इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखलाई उद्धृत गर्दै इरानी समाचारसंस्था मेहरले भनेको छ, "यो दुर्घटनाको इरानको उड्डयन प्राधिकरणले छानबिन गर्नेछ तर युक्रेनीहरू पनि उपस्थित हुन सक्छन्।"

प्रकाशित: Jan 10, 2020| 00:19 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।