मंगलबार, भदौ २, २०८३

जिल्लाको आदेशविरुद्ध सिद्धबाबा पुगे उच्च अदालत

बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उच्च अदालत विराटनगर पुगेका छन्।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं - बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उच्च अदालत विराटनगर पुगेका छन्।

गत पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छुटेका गिरी आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगर पुगेका हुन्।

गिरीले जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा मंगलबार निवेदन दिएका हुन्।

एक महिला अनुयायीले सुनसरीको चतरा धामस्थित आश्रममा गिरीले बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। गिरीलाई न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

उनी मंसिर १६ गते पक्राउ परेका थिए। महिला अधिरकारकर्मीहरुले भने उनीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्।

प्रकाशित: Jan 09, 2020| 20:38 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।