बुधबार, असार ३१, २०८३

मनाङ र मछिन्द्रका ६ खेलाडीलाई एन्फाको कारबाही

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेलका दौरान भएको घटनामा दोषी ठहर गर्दै ६ खेलाडी र एक मनाङका पदाधिकारीलाई कारबाही गरेको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेलका दौरान भएको घटनामा दोषी ठहर गर्दै ६ खेलाडी र एक मनाङका पदाधिकारीलाई कारबाही गरेको छ।

एन्फाको अनुशासन कमिटीले सूचना जारी गर्दै खेलभावना विपरित काम गरेको भन्दै मनाङ र मछिन्द्रका तीन/तीन खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको हो।

एन्फाले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा १० हजार जरिवाना र मनाङका अर्का खेलाडी राजन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाएको छ। अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले भने ६ खेल गुमाउनेछन्। यता, मछिन्द्रका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई पनि दुई खेलको प्रतिबन्ध लगाइएपनि जरिवाना भने तिराइएको छैन।

मनाङका अफिसियल शिव लामालाई भने सम्पूर्ण लिग अवाधिभरकै लागि प्रतिबन्ध लगाउनुका साथै १० हजार जरिवाना समेत गरिएको छ।

यस्तै एन्फाले दुवै क्लबलाई ५०/५० हजार जरिवाना समेत तिराउने भएको छ।

गत सोमबार दशरथ रंगशालामा दुई शीर्ष टोलीबीचको खेल बराबरीमा सकिएलगत्तै हात हालाहाल भएको थियो। दुबै टोलीका खेलाडी बीच हात हालाहालको परिस्थिती सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो। मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईमाथि दुर्व्यवहार गरेपछि सुरु भएको झगडाले उग्र रुप लिएको थियो।

प्रकाशित: Jan 09, 2020| 19:45 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।