बुधबार, असार ३१, २०८३

ललितपुर र चौतारा फाइनलमा

आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिका महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधिका लागि भिड्ने भएका छन्।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं - आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिका महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधिका लागि भिड्ने भएका छन्।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै ललितपुर र चौतारा फाइनल पुगेका हुन्।

चौताराले पहिलो सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्यो। चौताराले महालक्ष्मीलाई २५-१४, ३५-३३, १८-२५ र २५-१७ को सेटमा पराजित गर्यो।

दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै ललितपुर पनि फाइनलमा पुगेको हो। ललितपुरले कमलामाईलाई २५-१५, २५-१५ र २५-८ को सेटमा पराजित गर्दै चौतारासँगको भेट पक्का गरेको हो।

महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन्।

महिला र पुरुष दुवैको फाइनल खेल शुक्रबार हुनेछ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन्। यस्तै चौथोले २५ हजार पाउने छ। सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन्।

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन्।

प्रकाशित: Jan 09, 2020| 19:16 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।