मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २१ करोड राजश्व चुहावटको अभियोगमा जिल्ला अदालतमा मुद्दा

२१ करोड राजश्व चुहावटको अभियोगमा जिल्ला अदालतमा मुद्दा

नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी २१ करोड १८ लाख राजस्व छली गरेको अभियोगमा काठमाडौको एक व्यापारीक फर्मविरुद्ध मुद्दा दायर गरिएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं- नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी २१ करोड १८ लाख राजस्व छली गरेको अभियोगमा काठमाडौको एक व्यापारीक फर्मविरुद्ध मुद्दा दायर गरिएको छ।

काठमाडौं महानगरपालिका–७ बस्ने यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवाका संचालक प्रकाश राज गिरीविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

गिरीले बस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको देखिएको भन्दै बिभागले बिहीबार मुद्दा दायर गरेको हो।

गिरीले मूल्य अभिवृद्धि करतर्फ ६ करोड ६१ हजार आठ सय ८१ र आयकरतर्फ १५ करोड १७ लाख ८६ हजार राजस्व चुहावट गरेकोले बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग दाबी गरी मुद्दा दायर गरेको विभागले जनाएको छ।

प्रकाशित: Jan 09, 2020| 19:10 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।