काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएका हुन्।
मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो। पीसीआर विधिबाट गरिएको परीक्षणबाट १ हजार २४ र एन्टिजेन विधिबाट २४४ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा ६ हजार ७५३ पीसीआर र ३ हजार १२२ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ६८ हजार २९५ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।