बुधबार, असार ३१, २०८३

सरस्वतीलाई हराउँदै आर्मी शिर्ष स्थानमा उक्लियो

सरस्वती क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं - सरस्वती क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ। बिहीबार सम्पन्न खेलमा १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। मनाङलाई १ अंकले पछि पार्दै आर्मी शिर्ष स्थानमा उक्लेको हो।

आर्मीको जितमा एकमात्रै गोल खेलको ३० औं मिनेटमा जर्जप्रिन्स कार्कीले गरे। पाएका थुप्रै गोलका अवसर सदुपयोग गर्न नसक्दा थप गोल गर्नबाट भने आर्मी चुक्न पुग्यो।

लिगमा अपराजित रहेको मनाङ ११ अंकसहित दोस्रो स्थानमा छ। सरस्वती भने अंकविहिन हुँदै अंकतालिकाको पुछारमा रहेको छ।

प्रकाशित: Jan 09, 2020| 18:01 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।