आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको काश्मीरमा पहिलो पटक विदेशी कुटनीतिज्ञलाई प्रवेश अनुमति

भारतको काश्मीरमा पहिलो पटक विदेशी कुटनीतिज्ञलाई प्रवेश अनुमति

लामो समयपछि भारतले पहिलो पटक विदेशी कुटनीतिज्ञलाई विवादित क्षेत्र काश्मीरमा प्रवेशको अनुमति दिएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं- लामो समयपछि भारतले पहिलो पटक विदेशी कुटनीतिज्ञलाई विवादित क्षेत्र काश्मीरमा प्रवेशको अनुमति दिएको छ।

National life

जम्मु काश्मीरको विशेषाधिकार खारेज गरेको भारतले त्यसको निकै समयपछि पहिलो पटक विदेशी कुटनीतिज्ञहरुलाई प्रवेशको अनुमति दिएको हो।

गत अगस्टमा भारतले जम्मु काश्मीरको विशेषाधिकार खोसेर त्यहाँ केन्द्रीय शासन लागू गरेको थियो।

बिहीबार विभिन्न देशका कुटनीतिज्ञ सो क्षेत्रको भ्रमणमा निस्किएको रोयटर्सले जनाएको छ।

मुस्लिम बाहुल्य रहेको उक्त हिमालय क्षेत्र काश्मीरमा भारतले विशेषाधिकार खोसेसँग लामो समयसम्म इन्टरनेट बन्द गरिदिएको थियो।

Laxmi sunrise bank
kumari

भारतको विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार अमेरिका लगायत १५ देशका कुटनीतिक काश्मीर पुगेको पुष्टि गरेका छन्।

काश्मीरलाई केन्द्रीय शासन प्रणालीको अधिनमा ल्याएपछि भारतको विभिन्न देशबाट आलोचना भएको थियो।

भारतले त्यस क्षेत्रका नागरिकलाई बन्धक जस्तै बनाएको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वलाई त्यस क्षेत्रमा नागरिक स्वतन्त्रता रहेको देखाउन विदेशी कुटनीतिज्ञ पठाउन चाहेका थिए।

यद्यपि त्यस क्षेत्रमा गत अगस्टदेखि विदेशी पत्रकारहरुलाई भने प्रवेश दिइएको छैन।

त्यहाँ पुगेका विदेशी कुटनीतिज्ञलाई स्थानीय राजनीतिज्ञ ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई भेट गर्न भने दिइएन। दुबै जना काश्मीरका पूर्व मुख्यमन्त्री हुन्।

प्रकाशित: Jan 09, 2020| 16:16 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।