बुधबार, असार ३१, २०८३

मार्टिन्सको दुई गोलमा संकटा विजयी

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लब विजयी भएको छ। बिहीबार भएको खेलमा एपीएफ क्लबलाई ४-२ गोलले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लब विजयी भएको छ। बिहीबार भएको खेलमा एपीएफ क्लबलाई ४-२ गोलले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको छ।

संकटालाई सहज जित दिलाउन अजयी मार्टिन्सले ५३ औं र ८८ औं मिनेट गोल गरे। त्यसअघि संकटाका लागि १९ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ४४ औं मिनेटमा कर्ण लिम्बुले अर्को गोल थपे।

एपीएफका लागि ५६ औं मिनेटमा नविन लामाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३-१ मा पुर्‍याए। त्यसपछि खेलको ७२ औं मिनेटमा एपीएफका आशिषले लामाले अर्को गोल फर्काएपछि खेल ३-२ को अवस्थामा आइपुग्दा थप रोचक बन्यो। तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा मार्टिन्सले अर्को गोल थपेपछि संकटाले सहज जित सुनिश्चित गर्दै तीन अंक खोस्न सफल भयो।

प्रकाशित: Jan 09, 2020| 15:24 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।