जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गरेका छन् । उनले आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएको भए पनि अहिले आएर रद्द गरेका हुन् ।
उनले साउदी अरब, युएई, ओमनलगायतका देशको भ्रमण गर्ने योजना बनाएको उनका प्रवक्ताले केही दिन अगाडी जानकारी दिएका थिए ।
अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्युनिकरणका लागि सहयोग गर्ने उद्धेश्यले मध्यपूर्वको भ्रमण गर्न लागेको उनले बताएका थिए ।
जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्दै तनाव न्युनिकरणका लागि प्रयास गरिरहेको जानकारी दिएका थिए ।
रासस