मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सल्यानमा फोर्स गाडी दुर्घटना : १८ घाइते, पाँचको अवस्था गम्भीर

सल्यानमा फोर्स गाडी दुर्घटना : १८ घाइते, पाँचको अवस्था गम्भीर

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे१ख २५७३ नम्बरको फोर्स गाडी आज बिहान सल्यानको बनगाड कुपिण्डे–११ बालुवासंग्रहीमा दुर्घटना भएको हो।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

सुर्खेत – सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे१ख २५७३ नम्बरको फोर्स गाडी आज बिहान सल्यानको बनगाड कुपिण्डे–११ बालुवासंग्रहीमा दुर्घटना भएको हो।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा गाडी चालक भेरीगंगा नगरपालिका–१२ छिन्चु सुर्खेतका प्रकाश शर्मा, भेरीगंगा नगरपालिका–९जहरे सुर्खेतका शान्तकुमार तिरुवा, वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका वर्षे होम पंगाली, बनगाड कुपिण्डे नगरपालिका–१ सल्यानका अनिश विस्वकर्मा र छेडागाड नगरपालिका–९ जाजरकोटका भगवती उपाध्याय गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेहरुलाई मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज पठाइएको मेहलकुना प्रहरीचौकीका सई टुकाराम अधिकारीले जानकारी दिए।

त्यस्तै सहचालक छेडागाड नगरपालिका– १ जाजरकोटका गोपाल वड, साल्माका पदम रावत, कुशेगाउँपालिकाका दलबहादुर रोका, सल्यान बनगाड कुपिण्डे नगरपालिका–१ का संदेश पुन सोही ठाउँका गंगा विश्वकर्मा, वनगाड नगरपालिका–३ का भिमबहादुर बुढाथोकी, शारदा नगरपालिका–१ श्रीनगरका भुमबहादुर बुढाथोकी सोही ठाउँका गौतम बुढाथोकी, चौरजहारी नगरपालिका–४ रुकुमपश्चिमका बिजय दर्लामी, ज्वालादल गण वेशक्याम्प लमजुङका पूर्णबहादुर सुनार, काठमाडौंकी रजनी श्रेष्ठ, सोही ठाउँकी अनिशा मानन्धर र रसुवाकी मालती आचार्य घाइते भएका छन्। घाइतेहरुको मेहलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रकाशित: Jan 09, 2020| 13:49 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।