मंगलबार, भदौ २, २०८३

१५ किलो गाँजासहित ३ जना पक्राउ

 १५ किलोग्राम लागूऔषध गाँजासहित मकवानपुरबाट ३ जना प्रक्राउ परेका छन्।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं - १५ किलोग्राम लागूऔषध गाँजासहित मकवानपुरबाट ३ जना प्रक्राउ परेका छन्। उनीहरूको साथबाट एउटा कार र मोटरसाइकल बरामद गरिएको छ।

मकवानपुरका विभिन्न स्थानबाट १५ किलोग्राम १ सय ८० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार बुधबार बेलुकी हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट १० किलोग्राम १ सय ८० ग्राम गाँजासहित दुई जना पक्राउ परेका हुन्।

उनीहरू चढेको बीआर ०१ सीएम ६२४६ नम्बरको भारतीय कार बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको उक्त कार चेक गर्ने क्रममा कारको डिकीभित्रबाट गाँजा भेटेको थियो।

पक्राउ पर्नेमा कारचालक सर्लाही हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जित कुमार गुप्ता र उक्त कारमा सवार सोही ठाउँका ३१ वर्षीय बालकृष्ण गुप्ता छन्।

यस्तै ५ किलोग्राम गाँजासहित हेटाैँडा उपमहानगरपालिका–१५ स्थित पूर्वपश्चिम लोकमार्गको सडक खण्डमा चितवन राप्ती नगरपालिका–२ का ३७ वर्षीय कृष्ण थापा मगर पक्राउ परेका छन्।

उनी चढेको प्रदेश ०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

मकवानपुर प्रहरीले पछिल्लो एक सातामा गाँजासहित नौजनालाई पक्राउ गरेको छ । यस क्रममा ९० केजी गाँजा र पाँचवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

फरार प्रतिवादी पक्राउ

यस्तै लागूऔषध गाँजा चरेस मुद्दामा अदालतबाट सजाय भई फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्सा जिल्ला अदालतले २०६२ असार २८ गते ४ वर्ष ५ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनाइएका पर्सा वीरगन्ज–२ बस्ने उमाशंकर वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो।

याे पनि पढ्नुहाेस् ः 

मकवानपुर प्रहरी गाँजा नियन्त्रणमा सक्रिय

गाँजा बोकेका दुई गाडी नियन्त्रणमा लिन प्रहरीले गर्‍याे हवाई फायर

प्रकाशित: Jan 09, 2020| 12:21 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।