बिहीबार, चैत १२, २०८२

आइओएमले गर्‍याे १२ शैक्षिक कार्यक्रमको शुल्क निर्धारण

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले १२ शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले १२ शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको छ।

National life

आईओएमले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा शैक्षिक सत्र २०७६/०७७ मा स्नातक तहमा अध्यापन गर्ने विद्यार्थीहरूका लागि शुल्क निर्धारण गरेको हो।

सरकारले निर्धारण गरेको शुल्ककै आधारमा शुल्क ताेकिएकाे आईओएमले जनाएकाे छ। आईओएमले उपत्यकाभित्र र बाहिरका कलेजहरूले लिने शुल्क तोकेको छ। जसअनुसार एमबीबीएसका लागि उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ।

त्यस्तै, बीडीएसका लागि २० लाख १९ हजार पाँच सय ८० रूपैयाँ, बीपीएच, बीएसस्सी, मेडिकल ल्याब टेक्नोलोजिस्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ तोकेको छ।

ब्याचलर इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी बीएएमएसको १३ लाख ८८ हजार ८ सय, ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस)को ५ लाख २५ हजार र बिएससी नर्सिङका लागि ७ लाख ८२ हजार शुल्क तोकिएको छ।

Laxmi sunrise bank
kumari

 

 

 

प्रकाशित: Jan 09, 2020| 12:15 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्