मंगलबार, चैत १०, २०८२

टेस्ट वरीयतामा अस्ट्रेलियन खेलाडीको दबदबा

इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको टेस्ट वरीयतामा अस्ट्रेलियन खेलाडीको दबदबा देखिएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं– इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको टेस्ट वरीयतामा अस्ट्रेलियन खेलाडीको दबदबा देखिएको छ।

National life

बुधबार जारी ब्याटिङतर्फको टेस्ट वरीयतामा शीर्ष पाँच खेलाडीमध्ये तीन अस्ट्रेलियन छन्।

वरीयता अनुसार भारतका कप्तान विराट कोहली ९२८ अंकसहित शीर्ष स्थानमा छन्। उनलाई अस्ट्रेलियाका स्टिभन स्मिथले पछ्याइरहेका छन्। उनको ९११ अंक छ। वरीयतामा अस्ट्रेलियाकै मार्नस लाबुसाने तेस्रो स्थानमा छन्। उनले ८२७ अंक पाएका छन्। न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलामा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आफ्नो टेस्ट करियरकै उच्च वरीयता पाएका हुन्।

यस्तै, वरीयतामा न्युजिल्यान्डका केन विलियम्सन चौथो र अस्ट्रेलियाका डेभिड वार्नर पाँचौ स्थानमा छन्। विलियम्सनको ८१४ र वार्नरको ७९३ अंक छ।

बलिङतर्फको टेस्ट वरीयतामा पनि अस्ट्रेलियन खेलाडीकै दबदबा छ। बलिङतर्फ शीर्ष पाँच खेलाडीमध्ये दुई अस्ट्रेलियन छन्।

Laxmi sunrise bank
kumari

वरीयता अनुसार अस्ट्रेलियाका प्याट कमिन्स ९०४ अंकसहित पहिलो स्थानमा छन्। दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः न्युजिल्यान्डका नेल वागनर, वेस्ट इन्डिजका जेसन होल्डर र साउथ अफ्रिकाका कागिसो रवाडा छन्। वागनरले ८५२ अंक पाउँदा होल्डरले ८३० र रवाडाले ८२१ अंक बटुलेका छन्। 

पाँचौं स्थानमा भने अस्ट्रेलियाकै मिचेल स्र्टाक छन्। उनको ७९६ अंक छ।

एजेन्सी

प्रकाशित: Jan 09, 2020| 10:58 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।