काठमाडौं– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुरामा बिहीबार पुनः हिमपात भएको छ।
आज बिहान २ बजेदेखि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिमपातका कारण जिल्ला जोड्ने भीमदत्त र दशरथचन्द राजमार्ग अवरुद्ध भएका छन्।
भीमदत्त राजमार्गको हगुल्टे लेकमा र दशरथचन्द्र राजमार्गको अनारकोली खण्डमा हिउँ जमेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राजमार्गको हिउँ पन्छाउन स्काभेटर पठाइसकिएको छ।
नेपाल टेलिकम, डडेलधुराका लेखा अधिकृत डम्बर ओझाले हिमपातका कारण चिसो अत्यधिक बढेको बताए।
यसअघि पुसको पहिलो साता डडेलधुरामा हिमपात भएको थियो।