मंगलबार, भदौ २, २०८३

पृथ्वी जयन्तीमा राप्रपाले चियापान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुभकामना तथा चियापान आयोजना गर्ने भएको छ ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुभकामना तथा चियापान आयोजना गर्ने भएको छ ।

विभिन्न भागमा छरिएका बाइसे र चौबिसे राज्यलाई एकीकरणका लागि अभियान शुरु गरी राष्ट्रनिर्माता शाहले विविध जाति र संस्कृतिलाई एकताबद्ध गरेको स्मरणमा उक्त पार्टीले प्रत्येक वर्ष पुस २७ गते विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

चियापान कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेता, सामाजिक जीवनका प्रतिष्ठित व्यक्तिलाई निमन्त्रणा गरिएको सो पार्टीले जनाएको छ ।

सोही दिन पार्टीका अध्यक्ष तथा अन्य नेताले सिंहदरबारस्थित शाहको शालिकमा माल्यार्पण गरेपछि दिउँसो १ बजे शुरु गरिने शुभकामना तथा चियापान कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन गरिने नेता देवेन्द्र प्रधानले जानकारी दिए ।

पार्टीको कला साहित्य विभागले सोही दिन कवि गोष्ठी, ट्रेड युनियन महासङ्घले रक्तदान कार्यक्रम गर्नेछ भने २८ गते सम्पूर्ण भ्रातृ सङ्गठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ ।

पार्टीले नेपाली नोटमा शाहको तस्बिर अङ्कित गर्न सरकारलाई आग्रह गर्दै यही पुस २७ गते एकता दिवसका रुपमा सार्वजनिक बिदाको समेत माग गरेको छ ।

यसैबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले सोही दिन बग्गीमा शाहको तस्बिरलाई राखी नगर परिक्रमा गर्नेछ भने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले समेत राष्ट्रनिर्माता शाहको योगदानसम्बन्धी गोष्ठी आयोजना गर्नेछ ।

विसं १८२४ मा तत्कालीन इष्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेको स्मरणमा त्यहाँ सालिक अनावरण गरिनेछ ।

प्रकाशित: Jan 09, 2020| 09:07 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।