बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मीलाई शीर्ष स्थानमा उक्लिने मौका

सहिद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मीलाई शीर्ष स्थानमा उक्लिने मौका

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) दुई खेल हुँदैछन्।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) दुई खेल हुँदैछन्।

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे हुन लागेको पहिलो खेलमा विभागीय टिम एपीएफ र संकट क्लब आमनेसामने हुँदैछन्।

जारी सिजनमा यी दुवै टिमको प्रदर्शन समान छ। एपीएफले जारी सिजनमा १ जित र १ बराबरी खेल्दा २ खेलमा हार व्यहोरेको छ। संकटाले पनि उस्तै नतिजा निकालेको छ।

एपीएफ ४ अंकसहित अंकतालिकामा १० औं स्थानमा छ भने समान अंक बटुलेको संकटाले ११ औं स्थान हासिल गरेको छ।

लिगको दोस्रो खेलमा अंकतालिकामा चौथो स्थानको त्रिभुवन आर्मीले पुछारमा रहेको सरस्वतीसँग प्रतिस्पर्धा गर्दैछ। यस्तोमा त्रिभुवन आर्मीलाई खेल जितेर शीर्ष स्थानमा उक्लिने मौका छ। यता सरस्वती पनि अंकको खाता खोल्ने दाउमा छ।

जारी सिजनका ४ खेलमध्ये ३ मा जित र १ मा हार व्यहोरेको त्रिभुवन आर्मीको ९ अंक छ। आजको खेलमा जित हासिल गरे आर्मी १२ अंकसहित शीर्ष स्थानमा उक्लिनेछ।

जारी सिजनको अंकतालिकामा मनाङ ११ अंकसहित शीर्ष स्थानमा छ। यस्तै, मछिन्द्र र थ्री स्टार समान १० अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

 

प्रकाशित: Jan 09, 2020| 09:01 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।