मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेटौंडालाई स्थायी राजधानी बनाउन ह्विप लगाउँदै नेकपा

हेटौंडालाई स्थायी राजधानी बनाउन ह्विप लगाउँदै नेकपा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को राजधानी ह्विप लगाएरै टुंगो लगाउने भएको छ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को राजधानी ह्विप लगाएरै टुंगो लगाउने भएको छ।

प्रदेशको राजधानी र नामबारे नेकपा सचिवालयले गरेको निर्णयविरुद्ध नेकपाका प्रदेश ३ का सांसद्ले फरक मत देखिएपछि नेकपाले ह्विप लगाएरै राजधानीको टुंगो लगाउने भएको हो।

यसका लागि नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज बस्दैछ। बैठकले प्रदेश ३ को राजधानीका बारेमा निर्णय गर्ने नेकपाले जनाएको छ।

नेकपा सचिवालयले केही दिनअघि प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौडा बनाउने निर्णय गरेको थियो। उक्त निर्णयमाथिको छलफल गर्न बोलाइएको नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा केही सांसद्ले राजधानी काभ्रे बनाउनुपर्ने धारणा राखेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली राजधानी हेटौडा बनाउनुपर्ने पक्षमा छन् । उनलाई पूर्वमाओवादी पक्षको पनि साथ छ । यता, बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको भने राजधानी काभ्रे बनाउनुपर्ने धारणा छ।

राजधानी काभ्रे बनाउने पक्षमा देखिएका एक प्रदेशसभा सदस्यले प्रदेशसभाको अधिकार क्षेत्रभित्र पार्टीले ह्विप लगाउन नमिल्ने बताए। यता, हेटौडा राजधानी बनउनुपर्ने पक्षमा रहेका प्रदेशसभा सदस्य भने पार्टी नेतृत्वको निर्णय मान्नुपर्ने बताउँछन्। 

प्रकाशित: Jan 09, 2020| 07:51 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।