बिहीबार, असार ३२, २०८३

कीर्तिमानी सन्तोषको गोलमा च्यासलको बराबरी, थ्री स्टार विजयी

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तरगत बुधबार भएका खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् भने थ्री स्टार विजयी भएको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तरगत बुधबार भएका खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् भने थ्री स्टार विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिस र च्यासलले २-२ गोलको बराबरी खेल्दै एक/एक अंक बाँडेका छन्। पुलिसका लागि निर कुमार राईले पाँचौं र सुमन लामाले ४० औं मिनेटमा गोल गरे। च्यासलका लागि दुबै गोल कीर्तिमानी सन्तोष शाहुखलले गरे। उनी लिगमा एक सय गोल पूरा गर्ने पहिलो खेलाडीसमेत बने।

बुधबारै भएको खेलमा थ्री स्टार क्लबले १० खेलाडीमा सीमित ब्रिगेड ब्वाईज क्लबलाई ३-१ गोलले पराजित गर्‍यो। थ्री स्टारका लागि सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले एक/एक गोल गरे। ब्रिगेडका रोशन राना मगरले एक गोल फर्काए।

जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसले ५ खेलमा १० अंक जोडेको छ। ब्रिगेड ५ खेलमा ६ अंक जोड्दै लिगको सातौं स्थानमा रहेको छ।

प्रकाशित: Jan 08, 2020| 11:19 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।