बिहीबार, असार ३२, २०८३

सन्तोषले पूरा गरे गोलमा शतक

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर तथा च्यासल युथ क्लबका खेलाडी सन्तोष शाहुखलले कीर्तिमानी एक सय गोल पूरा गरेका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर तथा च्यासल युथ क्लबका खेलाडी सन्तोष शाहुखलले कीर्तिमानी एक सय गोल पूरा गरेका छन्। सहिद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत दशरथ रंगशालामा नेपाल पुलिसविरुद्ध १७ औं मिनेटमा बराबरी गोल गर्दै उनी लिगमा एक सय गोल पूरा गर्ने कीर्तिमानी खेलाडी बने। हेमन्त थापामगरको फ्रिकिकलाई विपक्षी गोलकिपरले नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा बराबरी गोल गरेका थिए। खेलमा यसअघि पुलिसका नीरकुमार राईको गोलबाट पुलिसले पाचौं मिनेटमा अग्रता लिएको थियो।

२०६० सालमा थ्री स्टारबाट लिगमा डेब्यू गरेका सन्तोषले सर्वाधिक गोल पनि थ्री स्टार क्लबबाटै गरेका छन्। उनले थ्री स्टारका लागि ५२ गोल गरेका छन्। उनको च्यासल चौथो क्लब हो। त्यसअघि उनले थ्री स्टार, एपीएफ र मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलिसकेका छन्।

सन्तोषले लिगमा कहिले कति गोल गरे

२०६० – थ्री स्टार, ६ गोल

२०६१ – एपीएफ, ६ गोल

२०६२ – थ्री स्टार, ९ गोल

२०६३ – थ्री स्टार, ११ गोल

२०६६–६७ –थ्री स्टार, १९ गोल

२०६८ – मनाङ, १६ गोल

२०६९ – थ्री स्टार, १७ गोल

२०७० – थ्री स्टार, ९ गोल

२०७५ – च्यासल, ३ गोल

२०७६ –च्यासल, ४ गोल (लिग जारी)

प्रकाशित: Jan 08, 2020| 10:07 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।